
काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा ३,४८१ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षण गर्दा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।
