काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिने तयारी गर्नुभएकाे छ । मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा अल्पमतमा परेपछि राजीनामा दिन लाग्नु भएको हो । त्यसको लागि अहिले लुम्बनी प्रदेशमामा एमाले संसददीय दलको बैठक बसिरहेको छ । बैठकपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिने स्रोतले जानकारी दिएको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका छ । अहिलेसम्मको गणितमा विपक्षी गठवन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोज्नुभएको हो ।मंगलबार अवेर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका लुम्बिनीका जसपा सांसद सन्तोष कुमार पाण्डेले मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्री थप अप्ठेरोमा पर्नुभएको छ । ।
एमाले नेता पोखरेल तत्कालीन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको हो । तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई दुई दल एमाले र माओवादी केन्द्रको समर्थनमा प्रदेशप्रमुख झाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
बहुमत प्राप्त दलको नेताका रुपमा शंकर पोखरेल १९ वैशाख २०७८ मा बिहानै राजीनामा दिएर त्यसदिन अवेर राति पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यो पटक उनी धारा १६८ को उपधारा १ बमोजिम नियुक्त हुनुभएको थियो ।४१ जना एमालेका सांसदहरुको हस्ताक्षरमा प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँलाई पुनः नियुक्त गरेपनि त्यहाँ रहेका ३ जना एमाले सांसदहरुले उहाँको छाथ छाडेपछि अल्पमतमा पर्नुभएको हो ।
प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।
