उपकुलपतिको गाडीमा बन्चरो प्रहार, ७ विद्यार्थी घाइते

२६ श्रावण २०७८, मंगलवार २१:२२

नेपालगंज । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहकाे गाडीमा बन्चरो प्रहार भएको छ । उपकुलपति सिंहलाई लक्षित गरेर आन्दोलनकारी विद्यार्थीले बञ्चरो प्रहार गरेका हुन् ।

उपकुलपतिको गाडीमा बन्चरो प्रहार गर्नेहरुलाई नियन्त्रणमा लिने क्रममा आन्दोलनकारी विद्यार्थी र प्रहरीबचि झडप भएको छ । झडपमा ७ विद्यार्थी घाइते बनेका छन् । उपकुलपति सिंहले विश्वविद्यालयका समस्या समाधानका लागि छलफल भइरहँदा केही व्यक्तिहरुले आफूमाथि भौतिक आक्रमण गरेको बताउनु भयो । उहाँले आक्रमणबाट आफ्नो गाडीको सिसा फुटेको जानकारी दिनु भएको छ।

‘म मुसुमको कार्यालयमा विश्वविद्यालयको समस्या समाधान गर्न भन्दै बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी भइरहेको थिएँ । केही व्यक्तिहरुले ममाथि नै आक्रमण गरे’ उहाँले भन्नुभयो । सिहंले समयमै प्रहरी आइपुगेका कारण अप्रिय घटना हुन नपाएको बताउनु भयो । छटनापछि सिंहलाई प्रहरीले स्कर्टिङ गरेर निवाससम्म पुर्याएका छन्।