दार्चुला । तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजी र घटना छानविन गर्न गठित समितिको टोली घटनास्थलबाट फेकिएको छ । टोली घटनास्थलबाट ८ दिनपछि दार्चुला (घटनास्थलबाट फर्किएको हो ।
साउन १५ गते तुइनबाट नदी तर्ने क्रममा बेपत्ता धामी अझै फेला परेका छैनन्। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित छानविन समितिको टोली आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेको छ। समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने भएको छ। धामीको शव खोज्न ड्रोन क्यामेरा प्रयोग गरिँदै छ। यसका लागि नेपाल प्रहरीको प्राविधिक टोली जिल्लामै छ।
भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगको लागि अनुमति दिनेरनदिनेबारे जवाफ पठाएको छैन। स्वदेशी भू–भागबाट ड्रोन प्रयोग गर्ने तयारी गरेको छ ।
