काठमाडौं । दैलेखका एक युवाले आफ्नो शरीरमामा देउता चढेको बहानामा पत्नीलाई चरम यातना दिएका छन् । भैरवी गाउँपालिका – ५ गौरी सल्लाका दीपक नेपालीले तातोपानी खन्याउदै अगुल्टोले झोसेर सुत्केरीपत्नी हस्तना दमाईलाई गम्भीर घाइते बनाएका हुन् ।
चार महिनाकी सुत्केरी २६ वर्षीया हस्तनाको जिल्ला अस्पतालमा दैलेखमा उपचार भइरहेको छ ।आफूमा देउता चढेको भन्दै श्रीमानले ढाड र अनुहारमा अगुल्टोले झोस्ने र तातो पानी खन्याउने गर्न थालेपछि गुहार मामग्दै भागे उले भनिन् । घाइते उनलाई छिमेकीले उपचारको लागि स्थायनीय मेडिकल पु¥याएका थिए । घटनाबारे थाहापाएपछि चौकीबाट पुगेका प्रहरीले थप उपचारको लागि दैलेख अस्पताल पु¥याएका हुन् । हस्तनाको शरीर १३ प्रतिशत जलेको दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिनुभएको छ ।
‘हस्तनाको स्वास्थ्य अवस्था सुधारउन्मुख र खतरामुक्त छ, उपचार यही सम्भव छ’ उहाँले भन्नुभयो । पत्नीलाई घाइते बनाएर फरार दीपकलाई प्रहरीले पक्राउ गरेको छ । दैलेख प्रहरी प्रमुख अनुप श्रेष्ठका अनुसार उनलाई जिल्ला अदालतबाट १० दिनको थुनाम्याद थपेर अनुसन्धान थालिएको छ । हस्तनाको आमा पाना दमाईले दीपकविरुद्ध कारबाबही माग गर्दै जाहेरी दिएकी छन् । पाँचवर्षअघि विवाह गरेका उनीहरुको २ छोराछोरी छन् । नयाँपत्रिकामा खबर छ ।
