गृहसचिवमा पाण्डे

२५ श्रावण २०७८, सोमबार २१:०४

काठमाडौं । सरकारले गृहमन्त्रालयको सचिव टेकनारायण पाण्डेलाई बनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव रहनु भएका पाण्डेलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमा लग्ने निर्णय गरेकाे हो ।

पाण्डे २०७६ फागुनमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवमा बढुवा हुनुभएको थियो । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ साविक भगवतीमा जन्मिउनु भएका पाण्डेले त्यसअघि विभिन्न मन्त्रालयमा जिम्मेवारी बहन गरिसक्नु भएको छ । उहाँ अर्घाखाँची राष्ट्रसेवक समाजको अध्यक्ष समेत रहनुभएको छ ।