
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ९वीर० का प्रमुख प्रशासकीय अधिकृत डा। जागेश्वर गौतमलाई हटाएको छ ।
निकै नै विवादमा परेका डा। गौतमलाई सोमबार मन्त्रीस्तरीय निर्णयबाट हटाई थापाथलीस्थित प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो ।
गौतमले सम्हाल्दै आएको जिम्मेवारी ट्रमा सेन्टरका डा। रुद्र मरासिनीलाई दिइएको छ ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहँदै गौतमलाई अघिल्लो सरकारले १० जेठमा युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको थियो ।
उपकरण खरिद गर्दा सेटिङ गरेको भन्दै गौतम विवादमा तानिनुभएको थियो ।
सोमबार नै कर्मचारीहरुले डा। गौतमले कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए ।
