
काठमाण्डौं । नेपालीहरुको महान चाड हरितालिका तिजको छेको पारेर गायक मोतिराज खनाल , चुमान काउछा मगर र गायिका आशा बि। सि को मौलिक तिजगीत बजारमा आएको छ । मोतिराज खनालको शब्द तथा लयमा बनेको यो गीतमा चुमान काउछा मगरको एरेन्ज रहेको छ । गीतमा चर्चित मोडल तथा डाइरेक्टर सुमन सागर जंग केसी, चर्चित मोडल बबिता श्रेष्ठ , मोडल सौगात मिश्र , मोडल काफिया ढलाल , मोतिराज खनाल मटुलेबा र मुस्काने जेठाको जोडदार अभिनय रहेको छ । यस गीतको मिक्सिङ बिक्रम काउछा मगरले गरेका हुन भने मन्जरी रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतको बिमोचन राष्ट्रिय जन सास्कृतिक महासंघ केन्द्रीय समितिको कार्यलयमा महासंघका अध्यक्ष प्रमुख अतिथि खगेन्द्र राइ र बिशिष्ठ अतिथि महासचिब प्रेमनाथ अधिकारीले गरेका हुन । कार्यक्रमको सभापतित्व लोकप्रीय गायक मोतिराज खनालले गरेका थिय । रिषिराम भुषालले कार्यक्रम भब्य रुपमा सन्चालन गरेका थिय । ५ नम्बर प्रदेश कमिटीका सचिव बिश्नु आचार्य , सम्पर्क मन्चका संयोजक बिशाल मिश्र , नेपाल सरकारका अधिकृत ठगिस्वर अधिकारी , बरिष्ठ पत्रकार श्रीधर खनाल , बरिष्ठ पत्रकार राम प्रसाद गैरे आतिथ्यमा भएको थियो । पत्रकारहरु श्रीधर खनाल , रामप्रसाद गैरे , मुकुन्द भुसाल , दिपक भुसाल , अर्जुन भुसाल लगायत सम्पुर्ण कलाकार र समाज र देशको लागी योगदान पुर्याउनु भएका दिग्गज ब्याक्तित्वहरुलाइ सम्मान गरिएको थियो ।
