
काठमाडौं । निष्कासनमा परेका चार पूर्व माओवादी सांसदले पद पुनर्वहालीको माग गर्दै दायर गरेको मुद्दा बिहीबार हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज केर्ह नभ्याइने सूचीमा परेको हो ।
नेकपा एमालेमा प्रवेश गरेका भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र पोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी दलमा रहँदा निर्वाचित भएको सांसद पद पुनर्वहाली माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसद सचिवालय, निर्वाचन आयोगलगायतलाई विपक्षप् बनाएर मुद्दा दायर गर्नुभएको थियो ।
