सांसद पद जोगाइदिन माग गर्दै टोपबहादुर पुगे सर्वोच्च

१३ श्रावण २०७८, बुधबार १४:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । बुधबार सर्वोच्च अदालत पुगेर रायमाझीले मुद्दाको टुङ्गो नलागेसम्म प्रतिनिधि सभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भन्दै रिट दर्ता गराएका हुन् ।

माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझीलगायत पूर्व माओवादी नेताहरूको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराएका थिए । त्यस लगत्तै उनीहरूको सांसद पद रिक्त भएको थियो ।

कारबाही भएको र सांसद पदबाट हटाएको झन्डै ४ महिनापछि रायमाझी सर्वोच्च अदालतमा गुहार माग्न पुगेका हुन् । रायमाझीले माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, अध्यक्ष पुष्पकमल दाहाल, निर्वाचन आयोग, संसद् सचिवालय, प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गरेका हुन् । सर्वोच्च अदालतले रायमाझीको रिट बिहीबारका लागि पेसीमा चढाएको छ ।

[pdf-embedder url=”https://aayokhabar.com/wp-content/uploads/2021/07/Top-rayemajhi-1.pdf” title=”Top rayemajhi”]