२०७८, १४ मंसिर मंगलवार

प्रधानमन्त्री र प्रचण्डबीच बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

जसपा आधिकारिकता विवाद सकिए लगत्तै मन्त्रिपरिषद विस्तार लगायतका तत्कालै गर्नुपर्ने निर्णयका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड यिनै विषयमा छलफल गर्न आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्री शेरवहादुर देउवासँग प्रचण्डको सरकार विस्तारका विषयमा छलफल भएको बताइएकाे छ ।

प्रधानमन्त्री देउवासँगको भेटअघि प्रचण्डले नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो । नेपाललाई भेटेर प्रचण्ड सीधै बालुवाटार जानुभएको थियो ।

प्रधानमन्त्री देउवासँगको भेटपछि प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटासँग पनि छलफल गर्नुभएको छ । लैनचौरस्थित सभामुख निवासमा सापकोटा र प्रचण्डबिच भेट भएको हो ।


प्रकाशित | २०७८, १२ श्रावण मंगलवार ११:५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *