आजको राशिफल २०७८ – 0४ – ५ गते मंगलबार

५ श्रावण २०७८, मंगलवार ०४:४१

 

पञ्चाङ्ग ।  २०७८ साल श्रावण ५ गते मंगलबार ,तदानुसार २० जुलाइ सन् २०२१ । तिथि -: आषाढ शुक्ल एकादशी । नक्षत्र -: अनुराधा । करण -: बणिज ।योग -: शुक्ल रहेको छ । आज सुर्योदय बिहान ०५:२० बजे र सुर्यास्त बेलुका : ०७:००बजे हुनेछन् । चन्द्रमा वृश्चिक राशिमा भ्रमण गर्नेछन् । आज शुभकार्य गर्नको लागि राम्रो समय -: विहान सुर्योदय को पहिलो १ घण्टा राम्रो छ । विहान १०:२२ बजे देखि दिउसो १:०० सम्म राम्रो रहेकोछ ।

 मेष राशि -: (चु ,चे,चो, ला, लि, लु, ले, लो,अ) सामाजिक जिम्मेवारी थपिनेछ । काममा मन नजाने र काम शुरु गर्न दोधार होला । चुनौतीपूर्ण कामको जिम्मेवारी पाइनेछ । घरायसी ब्यावहार ले सताउनेछ । नयाँकामको खोजिमा निस्कने पर्ला ।काममा समस्या देखापरेता पनि सफलता हात पर्नेछ । पढाइ मध्यम रहला । स्वास्थ मा केही समस्या देखिनसक्छ ।

वृष राशि -: (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो ) व्यावसायिक क्षेत्रमा राम्रो सुधार होला । प्रेम सम्बन्ध निकै राम्रो हुने र बिग्रेको भए सुधार हुनेछ । आम्दानीको श्रोत फेलापर्ने र रोकिएका काम सफल हुने दिनछ । आर्थिक उन्नति गर्न राम्रो दिन रहेकोछ । व्यापार व्यावसाय कल कारखाना बाट राम्रो आम्दानी होला । रमाइलो यात्रा हुन सक्छ ।

मिथुन राशि -: ( क, कि, कु, घ, ङ,छ,के,को,ह) परिवारको साथ र सहयोगले मनमा आनन्द हुनेछ। साथिभाईको साथ सहयोग बाट रोकिएका काम ले गतिलेला ।व्यावसायिक कार्यमा सफलता होला । साहित्यीक काममा मनजाने तथा सहभागी हुने योग छ । धन लगानीको लागि उत्तम दिन रहेकोछ । मनमा सन्तोष रहनेछ ।सन्तान बाट शुभ समाचार प्राप्त होला ।

कर्कट -: ( हि,हु,हे,हो,डा,डि,डु,डे,डो ) जोखिमपूर्ण कामको जिम्मेवारी का कारण कामको चापले तनाब हुनेछ भने ढिलै भएपनि कामको सफलता हात लाग्ला । अनावश्यक विबादमा फस्ने योग छ काम गर्दा विचार गरेर गर्नु राम्रो । रिसको कारण बन्दैगरेको काममा बाध उत्पन्न हुन सक्छ रिस नियन्त्रणमा राख्नु होला । हातहतियार तथा सवारी साधन बाट जोगिनु होला दुर्घटना जुन सक्छ । हरेक काममा बाधा हुनाले मन दिक्क हुनेछ ।

सिंह राशि -: ( मा,मि,मु,मे,मो,टा,टि,टु,टे ) परिवारका चाहाना पूरा गर्न लागिपर्नु पर्ला । केही लगानिको वातावरण बन्नेछ ।स्वास्थ्यमा समस्या देखिनाले केही खर्च होला । साथिहरुको सान्त्वना र सहयोग भने मिल्नेछ । नयाँ काममा हात नहाल्नु पछुतो हुनेछ । सम्मान मा चोट पुग्ने देखिन्छ ।

कन्या राशि -: (टो,प,पी,पु,ष,ण,ठ,पे,पो ) विभिन्न स्थान बाट सहयोग प्राप्त होला । धार्मिक तथा सामाजिक कार्यमा खटिनुको साथै जिम्मेवारी सहितको को सम्मानित भइनेछ । राम्रो मन प्रशन्न हुने समाचार सुन्न पाइएला । लगानि र व्यावसाय गर्नको लागि निकै उत्तम समय रहेको छ । अध्यायनमा राम्रो सफलता होला ।

तुला राशि -: (रा,री, रु, रे, रो, ता, ती, तु, ते ) गरेका कामको उचित मुल्यांकन हुनेछ। व्यावसायिक काममा फाइदा हुनेछ । अरुको विश्वास जितेर सम्मान मिल्नेछ । बौद्धिक काम बाट राम्रो फाइदा होला ।साहित्यका क्षेत्रमा मन रमाउने छ । प्रेममा सफलता मिल्ला । लाभदायक लामो यात्रा हुन सक्छ । मनमा सन्तोष रहला ।

वृश्चिक राशि -: ( तो,ना,नि,नू,ने,नो,या,यी,यु ) गरेका कामको उचित मुल्यांकन हुनेछ। व्यावसायिक काममा फाइदा हुनेछ । अरुको विश्वास जितेर सम्मान मिल्नेछ । बौद्धिक काम बाट राम्रो फाइदा होला ।साहित्यका क्षेत्रमा मन रमाउने छ । प्रेममा सफलता मिल्ला । लाभदायक लामो यात्रा हुन सक्छ । मनमा सन्तोष रहला ।

धनु राशि -: ( ये,यो,भा, भी, भु , ध, फा, डा,भे ) प्रतिस्पर्धामा होमिनु पर्ला ।चुनौतीपूर्ण कार्यले अन्त्यमा सफलता दिनेछ । व्यावसायिक क्षेत्रमा राम्रो फाइदा हुनेछ । लगानिको वातावरण र अवसर मिल्ला र गरेको लगानि बाट राम्रो प्रतिफल मिल्नेछ । मनमा खुसी छाउनेछ । साथिभाइ हरु अवसरका कारण टाडिन सक्नेछन् ।

मकर राशि -: ( भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) आफन्त र दाजुभाइ को सहयोग ले समयमै काम पूरा होला ।समयमै गरेको निर्णयबाट काम सफलताको लक्ष्य भेटिनाले मनमा हर्ष हुनेछ । प्रशस्त धनलाभको समय रहेको छ । आर्थिक रुपमा सबल बन्ने योग रहेको छ । साथिभाइ संग रमाइलो गर्ने अवसर जुट्ने छ । आँटेको काम सफल हुने र घरपरिवार मा खुसी को वातावरण बन्नेछ ।

कुम्भ राशि -: ( गु,गे,गो,सा,सी,सु,से,सो,द ) कुनै रमाइलो या विषेश कार्यक्रममा सहभागी हुने योगछ । गरेका काममा सफलता हुनेछ । घर परिवार मा केही तनाव हुन सक्छ , घरायसी खर्च बढ्नेछ । तर आर्थिक कामहरु भने बन्नेछन् । साथिभाइ संग भेटघाट हुने र कार्य सफलताको लागि सल्लाह समेत मिल्नेछ । धन सापटि नदिएकै राम्रो । सामान्य यात्रा हुनेछ ।

मीन राशि -: ( दी,दु,थ,झ,ञ,दे,दो,चा,ची ) कुनै रमाइलो या विषेश कार्यक्रममा सहभागी हुने योगछ ।गरेका काममा सफलता हुनेछ । घर परिवार मा केही तनाव हुन सक्छ , घरायसी खर्च बढ्नेछ ।तर आर्थिक कामहरु भने बन्नेछन् । साथिभाइ संग भेटघाट हुने र कार्य सफलताको लागि सल्लाह समेत मिल्नेछ । धन सापटि नदिएकै राम्रो । सामान्य यात्रा हुनेछ ।

 थप जानकारी को लागि

ज्यो.प.टिकाराम घिमिरे

सभापति  –  दक्षिण एसियाली ज्योतिष महासंघ वाग्मती प्रदेश

फोन नं. –  ९८५७०२३८०२ , ९८१३७५६६०२