प्रदेशस्तर र स्थानीय रुटमा चल्ने बसले आफूखुसी बढाए भाडा

४ श्रावण २०७८, सोमबार १२:०८

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने छोटो रुटमा सवारीले सरकारले निर्धारण नै नगरेको भाडा आफूखुसी बढाएर उठाउन सुरु गरेका छन् । संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको २८ प्रतिशतसम्म भाडा बढाएको भएपनि कतिपय उपत्यकाभित्रै बस चलाउने यातायात कम्पनीले भाडा बढाएका हुन् ।

राजधानीभन्दा बाहिरका थुप्रै रुटमा यसैगरी आफूखुसी भाडा बढाइएको छ । यातायात व्यवस्था विभागले लामो दूरीमा मात्रै भाडा