
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्।
ठाकुरले प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई तथा शुभकामना पनि दिएका छन्। उनले आफ्ना सांसद रेशम चौधरी अझै जेलमा रहेको पनि बताए।
‘प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो हामीले स्वीकार गर्यौं,’ उनले भने, ‘हामी विश्वासको मत दिन्छौं।’ अध्यक्ष ठाकुरले आफूहरूले उठाइरहेका माग पूरा गर्न पनि आग्रह गरेका छन्।
उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही माग पूरा गरेकोमा प्रतिनिधि सभा बैठकमा बोल्दै धन्यवाद दिएका छन्।
जसपाको अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले पनि देउवालाई विश्वासको मत दिने बताएको छ।
