देउवालाई विश्वासको मत दिन गगन हेलिकोप्टर चढेर काठमाडौं

३ श्रावण २०७८, आईतवार १५:२४

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकोप्टरमार्फत काठमाडौँ गएका छन् । पार्टी कार्यक्रमका लागि तनहुँ आएका थापा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन हेलिकोप्टरबाट काठमाडौ गएका हुन् ।

अन्नपूर्णसँग कुरा गर्दै थापाले आफूलाई विश्वासको मत दिने मिति आज भन्ने थाहा नभएकाले पोखराहुँदै तनहुँ आएको बताए । विश्वासको मत लिने निश्चित भएपछि पार्टीले हेलिकोप्टर पठाएको पूर्वसांसद यज्ञ थापाले बताए ।