कोरोनाको खोप खरीद प्रक्रिया चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

३ श्रावण २०७८, आईतवार १३:०३

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरीद प्रक्रिया चुस्त रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ ।

आइतबार सिंहदरवारमा स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक र खोप महाशाखा प्रमुखलाई बोलाएर प्रधानमन्त्री देउवाले खोप किन्ने प्रक्रिया चुस्त बनाउन निर्देशन दिनुभएको हो ।

यसैगरी, उहाँले अधिकारीहरुलाई खोप केन्द्रमा भएको भीड व्वस्थापनका लागि खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले अधिकारीहरुसँगको भेटको तस्वीर राख्दै सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुएको छ, ‘कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर निर्देशन दिएको छु ।’