
पञ्चाङ्ग । २०७८ साल श्रावण ३ गते आइतबार ,तदानुसार १८ जुलाई सन् २०२१ । तिथि -: आषाढ शुक्ल नवमी , नक्षत्र स्वाति । करण -: बालब। योग -: शाध्य रहेको छ । आज सुर्योदय बिहान ०५: १९ बजे र सुर्यास्त बेलुका : ०७: ०० मा हुनेछ । चन्द्रमा तुला राशिमा भ्रमण गर्नेछन् । शुभकार्यको लागि -: विहान ०९:३५ देखि ११:०५ सम्म राम्रो रहेकोछ ।
मेष राशि -: (चु ,चे,चो, ला, लि, लु, ले, लो,अ) सामान्य मेहताले पनि राम्रै फाइदा हात लाग्नेछ ।फसेको पैसा उठाउन सकिनेछ । पारिवारिक सम्बन्ध सुधार हुनेछ । तपाईंको बोलिको सम्मान हुनेछ । छोटोे र व्यावसायिक यात्रा होला । काम र लगानि ले जीवन सुधार्ने समय रहेकोछ । राजनीतिमा राम्रो रहेकोछ ।
वृष राशि -: (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो ) अचानक पुरानो ऋण वा तिर्नुपर्ने रकम को ताकेता होला अर्थात तत्काल अत्याउन सक्नेछ ।घर परिवारको मान्छे बिरामी भएर उपचारको लागि खर्च हुन सक्छ । व्यापार व्यावसायमा सामान्य फाइदा होला । पढाइमा मन खासै नजाला । विश्वास पात्रले धोका दिन सक्छन् ।
मिथुन राशि -: ( क, कि, कु, घ, ङ,छ,के को ह ) आटेको काम नहुने र काम बिग्रिनाले मनमा तनाब वढ्नेछ। काम आफुले गरेपनि जस अर्कैको हातमा जानेछ भने अरुको कामको लागि दौडधुप मा समय वित्नेछ । साँझपख मन हर्षित हुने खालको समचारले मन प्रफुल्ल हुनेछ ।
कर्कट -: ( हि,हु,हे,हो,डा,डि,डु,डे,डो ) गरेको लगानिबाट राम्रो प्रतिफल प्राप्त हुनाले मन खुसी हुनेछ । सामर्थ्य बढ्नेछ ।पुरानो रोग निको हुने संकेत देखिनेछ । आर्थिक उन्नतिको लागि प्रशस्तै मार्गहरु भेटिनेछन् । भौतिक साधन जोडिनेछ ।
सिंह राशि -: ( मा,मि,मु,मे,मो,टा,टि,टु,टे ) बोलिको प्रभावले रोकिएका काम बन्नेछन् । धार्मिक काममा सरिक हुने योग रहेकोछ । आर्थिक लाभ हुनेछ । सामान्य मेहनत बाट पनि ठूलो काम बन्नेछ । विभिन्न लाभका अवसर हरुले साथ दिनेछन् । मान्यजनको आशिर्वाद प्राप्त होला ।
कन्या राशि -: (टो,प,पी,पु,ष,ण,ठ,पे,पो )काम अनुसारको माम नमिल्ला अर्थात परिश्रम अनुसारको फल प्राप्त नहुनाले मन खिन्न होला । काममा आश्वासन दिने व्याक्तिको पछि नलाग्नु पछि धोका खाइएला । नोकरी र व्यापारीक कामको लागि दौडधुप र धन खर्च धेरै होला । काममा सफलता भित्र्याउन धेरै मेहनत को खाँचो पर्नेछ ।
तुला राशि -: (रा,री, रु, रे, रो, ता, ती, तु, ते ) मन ईच्छित कार्य पुर्ण हुनेछ । बौद्धिकता को उचित सम्मान होला ।आफन्त को सहयोग मिल्नेछ। काममा चाप र तनाव बढेपनि कामको सार्थकता सिद्ध हुनेछ । नयाँ अवसरहरुले पछ्याउने छन् ।काम र दाम कमाउने दिन रहेकोछ । तर काम गर्दा नआत्तिनु होला ।
वृश्चिक राशि -: (तो ,ना,नि,नु,ने,नो,या,यी,यु )आफन्त को सहयोग मा व्यावसाय अघाडि बढ्नेछ । काममा रुचि बढ्ला । सवारीसाधन वा भौतिक वस्तुको आयात हुनेछ । पढाइ राम्रो हुनेछ । मान सम्मान प्राप्तिको योग रहेकोछ । काम दाम र सम्मान तिनै चिजले साथ दिनेछ । दिन राम्रो रहेको छ ।व्यावसायमा राम्रो फाइदा होला।
धनु राशि -: ( ये,यो,भा, भी, भु , ध, फा, डा,भे ) नोकरी बाट मान सम्मान मिल्ने योग रहेकोछ माथिल्लो स्तरको विशिष्ट व्याक्ति संगको सम्बन्ध ले ठुला काममा सहजता होला ।राम्रो आम्दानी गर्ने समय रहेको छ । नयाँ व्याक्ति संगको नाता सम्बन्ध जोडिन सक्छ । गुरु आशिर्वाद ले तपाइँको निकै राम्रो लाभदायक काम बन्नेछ । घर सल्लाह बाट गरेको शुरु गरेको कामले दिगो फाइदा होला। वा गुरु सल्लाह बाट गरेको कामले पनि राम्रो हुनेछ । पढाइ राम्रो रहेकोछ ।
मकर राशि -: ( भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे, खो गा गि ) बोलिको कारण हातमा आएको र सफलता नजिकैको काम बाट हात धुनु पर्ला । काम र लगानि पुरानैलाइ निरन्तरता दिएको राम्रो होला नयाँ काम र लगानिको लागि तत्काल उचित समय देखिन्न । कामबाट धोका दिनेहरू सक्रिय हुनेछन् । काम बिग्रिनाले तनाव झेल्नुपर्ला । स्वस्थ्य मा ख्याल गर्नुहोला ।
कुम्भ राशि -: ( गु,गे,गो,सा,सी,सु,से,सो,द ) काममा जाँगर चल्नेछ भने सोंचेको काम र लगानिले मनग्गे फाइदा देला । सामाजिक क्षेत्रमा सम्मानित भइनेछ । भौतिक वस्तुको लाभ हुनेछ । मनमा हर्ष वृद्धि हुनेछ । जग्गा जमिनको करोवार हुने बेला देखिन्छ ।
मीन राशि -: ( दी,दु,थ,झ,ञ,दे,दो,चा,ची ) व्यापार मा मनग्गे फाइदा हुनेछ । खेल जगतका खेलाडी को लागि राम्रो समय रहेको छ । सवारीसाधन वा भौतिक वस्तुको आयात हुनेछ । पढाइ राम्रो हुनेछ । मान सम्मान प्राप्तिको योग रहेकोछ । काम दाम र सम्मान तिनै चिजले साथ दिनेछ । दिन राम्रो रहेको छ ।व्यावसायमा राम्रो फाइदा होला। धार्मिक यात्राको योग रहेकोछ ।मनमा हरेक काम गर्दा हतारको अनुभुती होला ।
सम्पूर्ण राशिहरुका व्याक्तिहरुले काम सफल बनाउनका लागि ॐ घृणि सुर्याय नम: वा शिव सहित पार्वतीको स्मरण गरेर काम शुरु गर्नु राम्रो हुनेछ ।
थप जानकारी को लागि
ज्यो.प.टिकाराम घिमिरे
सभापति – दक्षिण एसियाली ज्योतिष महासंघ वाग्मती प्रदेश
फोन नं. – ९८५७०२३८०२ वा ९८१३७५६६०२
फेसवुक – Astro.Tikaram Ghimire
