आजको राशिफल २०७८ – 0४ – १ गते शुक्रबार

१ श्रावण २०७८, शुक्रबार ०४:२०

 

 पञ्चाङ्ग । २०७८ साल श्रावण १ गते शुक्रबार ,तदानुसार १६ जुलाइ सन् २०२१ । तिथि -: आषढ शुक्ल षष्टि ( बिहान ०६:२६ वजे सम्म पछि सप्तमी ) आज लुतो फाल्ने दिन, सुर्य दक्षिणायन हुने दिन । नक्षत्र -: हस्ता करण -: तैतील योग -:परिधि रहेको छ । आज सुर्योदय बिहान ०५:१८ बजे र सुर्यास्त बेलुका : ०७:०१ वजेमा हुनेछ । आज चन्द्रमा कन्या राशिमा भ्रमण गर्नेछन् । आज बिषेश कार्यको लागि बिहान ०८:४३ देखि ०९:५८ बजे सम्म रहेको छ ।

 मेष राशि -: (चु ,चे,चो, ला, लि, लु, ले, लो,अ) पुराना साथिभाइ संग भेटघाट हुने योग रहेकोछ । व्यापार व्यावसायमा राम्रो फाईदा होला ।सकरात्मक सोंच र प्रवृत्ति को बिकास हुने र साथिभाई संगको सम्बन्ध मा पनि सम्मानित सुधार होला । केही रमाइलो यात्राको योग रहेकोछ । धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुने देखिन्छ ।

वृष राशि -: (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो ) दिनभर मनमा बेचैनि महसुस होला । काममा मन नलाग्ने अल्छी लाग्ने होला जस्कोकारण काममा निकै वाधा श्रृजना होला । अचानक धन खर्च हुने , स्वास्थ मा समस्या देखिने होला ।घरपरिवार मा सम्बन्ध खराब हुन सक्छ । नयाँकाम को शुरुआत नगर्नु होला अन्यथा काम अलपत्र पर्नेछ ।

मिथुन राशि -: ( क, कि, कु, घ, ङ,छ,के,को,ह) साथिभाई आफन्तको सल्लाह वा सहयोगमा आम्दानीको श्रोतहरू हातलाग्ला । जागिर वा व्यापार बाट र उद्योग बाट समेत राम्रो लाभ प्राप्त होला । मान सम्मान को योगछ । लगानिको बाताबरण बम्नेछ । फंसेको डुबेको धन उठ्ने योग रहेकोछ मनमा खुशि छाउला ।

कर्कट -: ( हि,हु,हे,हो,डा,डि,डु,डे,डो ) धनार्जनका राम्रा श्रोत फेला पर्नेछन् । रोकिएका काम शुरु हुनेछ। व्यापारमा राम्रो फाइदा होला विषेश गरि कृषि जन्य र स्टेसनरी व्यापारमा राम्रो रहला । घरपरिवार को सम्बन्ध र प्रेम सम्बन्ध राम्रो हुनेछ । मनमा हर्ष बढ्दै जानेछ । सन्तान सुखको योग रहेकोछ ।

सिंह राशि -: ( मा,मि,मु,मे,मो,टा,टि,टु,टे ) आफ्नो नाता वा तपाईंको पक्षका जो कसैको पनि पुर्ण विश्वास नगरेकै राम्रो , नजिककै आफन्तले खुरापाति गर्ने खुट्टा तान्ने हुन सक्छ । स्वास्थ मा सुधार होला । धनलाभ हुने समेत योग रहेको छ । धार्मिक कार्यमा सम्मान मिल्ला ।

कन्या राशि -: (टो,प,पी,पु,ष,ण,ठ,पे,पो ) काम नबन्नाले मन दिक्क होला । स्वास्थ खराब हुने र औषधि उपचारको लागि सञ्चित धन खर्च होला । व्यापार व्यावसाय मध्यम रहला ।पढाइमा मन जादैन । मनमा तनाब श्रृजना हुने देखिन्छ । लगानी गर्दा विचार गरेर मात्र गर्नुहोला ।

तुला राशि -: (रा,री, रु, रे, रो, ता, ती, तु, ते ) चुनौतीपूर्ण कार्यबाट राम्रो सफलता हात पर्ला । शत्रु लाई जितेर नाम कमाउन सकिन्छ । सरकारी भन्दा निजि वा प्राइभेट कामले फाइदा धेरै दिनेछ । साथिभाइको सहयोग मिल्नेछ । कामबाट सफलता प्राप्त होला ।

वृश्चिक राशि -: ( तो,ना,नि,नू,ने,नो,या,यी,यु ) काम गरेपनि कामको जस नमिल्ला । धन खर्च निकै हुनेछ । स्वस्थ्यमा एक्कासी समस्या देखिन सक्छ खानपिन मा विचार गर्नु होला । अरुबाट धोका मिल्नाले मनमा निकै अशान्ति पैदा हुनेछ । धनमाल हराउने देखिन्छ । आम्दानी भन्दा खर्चको मात्र धेरै होला । बन्दैगरेको काममा समेत अवरोध आइपर्ला ।

धनु राशि -: ( ये,यो,भा, भी, भु , ध, फा, डा,भे ) काममा चुनौती प्रशस्तै होलान् तर सहि बुद्धि र तार्किक निर्णयले जित तपाईंको होला । धन आम्दानी राम्रै भएपनि खर्च पनि अधिक होला । दिनभर मन खुसी नै रहनेछ । पढाइ लेखाइ राम्रै रहला तर धैर्यता कायम राख्नु ।

मकर राशि -: ( भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) । लगानि अनुसारको फल मिल्नेछ तर कर्मचारी लाई खुसी पार्न नसक्दा काममा बिलम्ब हुनेछगरेको काम बाट राम्रो फाइदा हुनाले मन खुसी हुनेछ । साथीहरूको सहयोगमा फाइदा जनक कार्यमा लगानि गरिनेछ ।स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुनेछ । साहित्यमा मन जानेछ ।

कुम्भ राशि -: ( गु,गे,गो,सा,सी,सु,से,सो,द ) जुनसुकै व्यावसाय बाट पनि लाभ वा फाइदा राम्रो हात पर्नेछ । मनग्ये आम्दानीको योग रहेकोछ ।तर काम गर्दा गोप्याता कायम गरेर काम गर्नु राम्रो होला । कुनै उपहार वा मनोइच्छित सामान हात पर्नेछ ।

मीन  राशि -: ( दी,दु,थ,झ,ञ,दे,दो,चा,ची ) कुनै धन आर्जनको योजना बन्नेछ । शुभसमाचार ले मनमा खुशी छाउनेछ । व्यापार मा राम्रो फाइदा हुनेछ ।आर्थिक पक्ष बलियो हुने समय आएकोधार्मिक कार्यमा सम्लग्न होइएला । मनले चाहेको कामपुरा हुने योग रहेको छ

सम्पूर्ण राशिहरुका व्याक्तिहरुले काम सफल बनाउनका लागि ॐ शुम् शुक्राय नम: वा महालक्ष्मीको स्मरण गरेर काम शुरु गर्नु राम्रो हुनेछ ।

थप जानकारी को लागि

ज्यो.प.टिकाराम घिमिरे

सभापति  –  दक्षिण एसियाली ज्योतिष महासंघ वाग्मती प्रदेश

फोन नं.  –  ९८५७०२३८०२ वा ९८१३७५६६०२

फेसवुक  –  Astro.Tikaram Ghimire .