
एजेन्सी। एक बर्षपछि मात्रै भौतिक रूपमा भारतको मन्त्रीपरिषद बैठक बसेको छ। भारतको मन्त्रीपरिषद्को बैठक एक वर्षदेखि एकपटक पनि भाैतिकरूपमा बसेको थिएन ।
कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधवार भौतिक रूपमै बसेको जनाइएको छ।मन्त्रीपरिषद्मा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसालेका हुन्।
बैठकमा विशेष गरेर आगामी संसद अधिवेशनका बारेमा छलफल भएको श्रोतले जनाएको छ। भारतको सङ्घीय संसद्को बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भई अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ।
प्रधानमन्त्री मोदीले बैठकमा कोरोनाभाइरसको महामारी न्यूनीकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल चलाएको जनाइएको छ।
