
एजेन्सी । १६ औं संस्करणको यूरो कप फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’मा रोनाल्डो अटाएका छैनन् । १६ औं संस्करणको यूरो कप फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक भएको लिस्टमा उनको नाम समावेश नभएको हो ।
यूईएफएले मंगलबार ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको हो । तर, टिम अफ द टुर्नामेन्टमा गोल्डेन बुट विजेता क्रिस्टियानो रोनाल्डो परेका छैनन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डो ५ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए । टिम अफ द टुर्नामेन्टमा तीन फरवार्ड रहँदा रोनाल्डो नपरेका हुन् ।
टिममा सर्वाधिक धेरै इटालीका पाँच खेलाडी परेका छन् । इटालीले फाइनलमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएर उपाधि जितेको थियो ।
