प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

३० असार २०७८, बुधबार १४:३३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवालाई बुधवार भेटेर क्वात्राले बधाई दिएका हुन् ।

भेटका क्रममा क्वात्राले नेपाल भारतको साझा प्रगति र समृद्धिका लागि सहकार्य गर्न तत्पर रहेको बताए ।