ओली भन्छन्, माधव नेपाल गद्दार हुन्

३० असार २०७८, बुधबार १४:१८

भक्तपुर । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल गद्दार रहेको बताएका छन् । दलबलसहित सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै अहिलेको अवस्था नेता नेपालको गद्दारिकै कारण आएको आरोप लगाएका हुन् ।

उनले भने, ‘माधवकुमार नेपाल गद्दार हुन्। उनकै कारण अहिलेको अवस्था आएको हो। नेपालको सर्वोच्च अदालतमा कहिँ नभएको जात्रा भयो। मलाई जनमतले होइन अदालतमा मुद्दा हालेर निकालियो। जालझेर गरेर निकालियो। मर्न परे पनि शानले मर्छौँ।’ यस्तै उनले कोरोना भाइरसविरुद्धको खोप ल्याउने प्रक्रिया आफ्नै सरकारले गरेको र अहिले आइरहेको खोप पनि त्यहि रहेको भन्दै खोपमा जस लिन कसैले नखोजे हुने उनले बताए।