
काठमाडौं । सर्लाहीमा स्रोत नखुलेको नगद रकमसहित एकजना पक्राउ परेका छन् ।
मलंगवा नगरपालिका–८, झिलमिलिया माई मन्दिरनजिकबाट स्रोत नखुलेको एक हजार दरको ५०० थान गरी पाँच लाख रुपैयाँसहित मलंगवा नगरपालिका–३ बस्ने ३० वर्षीया रेहाना खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यायलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र राखेको उक्त स्रोत नखुलेको नगदसहित फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।
