मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको मृत्यु

३० असार २०७८, बुधबार १३:२८

बाँके। बाँकेमा मोटरसाइकलले ठक्करबाट  घाइते भएका बालकको मृत्यु भएको छ ।  ५ वर्षीय बालक पारस लामिछानेको उपचारको क्रममा बाँकेमा मृत्यु भएको हो।  शान्तिनगर गाउँपालिका वडा नं.१ खिलतपुर चोक नजिकै असार २६ गते बेलुका  साढे ७ बजेतिर रा ४ प १०२४ नम्बरको  मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय पारस लामिछाने गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि सोही मोटरसाइकलमा राखेर लामिछानेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो। तुलसीपुरमा उपचार सम्भव नभएपछि सोही दिन बेलुका साढे ८ बजेतिर लामिछानेलाई थप उपचारका लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो ।

लामिछानेको उपचारका क्रममा मंगलबार राति १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द्र रिजालले जानकारी दिए। प्रहरीले मोटरसाइकल चालक बबई गाउँपालिका ७ का २८ वर्षीय दीपक थापालाई नियन्त्रणमा लिएको छ।