एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ

१० मंसिर २०७४, आईतवार ०५:४७

मंसिर १०, गोरखा । गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७१५ नम्बरको जीप गाडीमा उक्त नगद र प्रचार सामाग्री भेटिएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ ।
पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका – १० का डिलमान गुरुङ , गाडी चालक गोरखा – ११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका – १० का अम्बरबहादुर गुरुङ छन् । त्यसैगरी गोरखा – ८ का खुशबहादुर थापा र गोरखा नगरपालिका – ६ का भरतकुमार श्रेष्ठसमेत पक्राउ परेका छन् ।

–खबर डबली