मुसीकोट खलंगामा जीप दुर्घटनामा नवदम्पती प्रहरी निरीक्षकसहित सातको मृत्यु

९ मंसिर २०७४, शनिबार ०४:०५

मंसिर ९, रुकुम । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुम सदरमुकाम मुसीकोट खलंगा आउँदै गरेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

ग १ ज ४२६० नं. को जीप मुसीकोट नगरपालिका वडा नं. ६ कालिमाटिमा दुर्घटना भएको हो ।  मुत्यु हुनेमा मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाही, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ र सुरेखा शाह श्रेष्ठ, त्रिवेणी गाँउपालिका वडा नं. १ की यमुना मल्ल शाही र रुकुमकोट निवासी प्रहरी निरीक्षक नविन श्रेष्ठ र उनकी पत्नी प्रहरी निरीक्षक अनिता प्रधान श्रेष्ठ छन् ।

त्यस्तै घाइते चालक तुल्सीपुर उपमहानगरपालिका वडा नं। १६ का प्रेम सिउजाली थापा, सहचालक बाँफिकोट गाउँपालिका मग्माका प्रमे केसी र बर्दियाका टेकबहादुर खत्री गम्भीर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी नायव निरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । गाडी दुर्घटना हुनुको कारण असुन्धान भइरहेको धमलाले जानकारी दिए । प्रहरी निरिक्षक ट्राफिक कार्यालय सुर्खेतमा कार्यरत भएको प्रहरीको भनाई ।