मंसिर ८, काठमाडौं । एमालेले मुख्या सचिव लोकदर्शन रेग्मीसहित तीनवटै सुरक्षा अंगका प्रमुखहरुसंग निर्वाचन सुरक्षा केन्द्रित छलफल गरेको छ ।
एमालेको केन्द्रिय निर्वाचन परिचालन कमिटीले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन र सम्भावित धाँधली रोक्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता विष्णु रिमालले बताए । ‘सरकारले आचारसंहिता विपरीत प्रहरी र प्रशासनका प्रमुख सरुवा र हेरफेर गरेको छ,’ उनले भने, ‘यसले स्वच्छ निर्वाचनमा पार्न सक्ने असरबारे ध्यानाकर्षण गराएको हो ।’
एमाले टोलीले आचारसंहिता विपरीत काम नगर्न पनि सचेत गराएको छ । छलफलमा एमालेको तर्फबाट निर्वाचन परिचालन कमिटिका सदस्यहरु मुकुन्द न्यौपाने, विष्णु रिमाल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की र रमेश बडाल लगायत सहभागी थिए । नयाँ पत्रिका
