शिक्षकलाई पनि पर्यटन काजको व्यवस्था गर

३१ जेष्ठ २०७८, सोमबार १२:४१

काठमाडाैं । शिक्षा विभागका सचिव कृष्णप्रसाद पौडेलले अन्य सरकारी कर्मचारी सरह शिक्षकलाई पनि पर्यटन काजको व्यवस्था गर्न माग गरेका छन्।  उनले प्रेस विज्ञप्ति गर्दै यस्तो बताएका हुन् ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीलाई १० दिन पारिश्रमिक बराबरको रकम सहित पर्यटन काजको व्यवस्था गरेको छ।

शिक्षकको हकमा भने यो नीति छैन । शिक्षकको हकमा पनि यस्तो गराउन उनले माग गरेका हुन् ।

त्यस्तै, सरकारी कर्मचारीको १० लाखको दुर्घटना बिमा र एक लाखको स्वास्थ्य बिमा वाफतको प्रिमियम रकम सरकारले बेहोर्ने व्यवस्था गरेको छ। यसमा पनि शिक्षकलाई छुट्याएकोमा पनि विरोध गरिएको छ।

सरकारी कर्मचारी सरह शिक्षक र प्राध्यापकलाई पनि पर्यटन काज तथा बिमाको सुविधा उपलब्ध गराउन कांग्रेसको शिक्षा विभागले माग गरेको छ।