१२ वर्षको राजपछि इजरायली प्रधानमन्त्रीको बहिर्गमन

३१ जेष्ठ २०७८, सोमबार ११:३४

काठमाडौ । इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू १२ वर्षपछि सत्ताच्यूत भएका छन् ।

हिजो भएको संसद मतदानमा उनले विश्वासको मत पाउन नसकेका कारणा उनी सत्ताच्यूत हुन परेको हाे । विपक्षी गठबन्धनले मोर्चा नै बनाएर उनलाई सत्ताच्यूत गरेका हुन् । जसमा  विपक्षी गठबन्धनका  पक्षमा बढी मत खसेको थियो । त्यसपछि उनी सत्ताबाट बाहिरिए ।

प्रजातन्त्रवादी समूहका नाफताली बेनेटले आगामी सरकारको नेतृत्व गर्ने भएको छ । विपक्षी गठनबन्धनका तर्फबाट १ मत अन्तरले बेनेट प्रधानमन्त्रीका लागि सिफारिस  भएका छन् ।

संसदमा भएको मतदानमा नेतान्याहुको पक्षमा ५९ र विपक्षी गठनबन्धनले ६० मत प्राप्त गरेको हो । विपक्षी गठबन्धनका बेनेट सन् २०२३ सेप्टेम्बरसम्म प्रधानमन्त्री रहने सत्ता साझेदारबीच सम्झौता भएको छ । सन् २०२३ पछि बाँकी २ वर्ष सरकार चलाउन अर्का नेता एयर लापिदलाई हस्तान्तरण गर्नुपर्ने गठनबन्धनको तयारी रहेको छ ।