झलनाथ खनााल अस्पतालमा

३१ जेष्ठ २०७८, सोमबार ११:०९

 

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य समस्या भएका कारणा अस्पताल भर्ना भएका छन्।

उनमा ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएको पारिवारिक स्रोतले बताएका छन् ।

हाल उनलाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। केही दिनदेखि स्वास्थ्य समस्या देखिएकाे थियो।

अहिले स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। कोरोना संक्रमण पुष्टि भएपछि गत महिना नर्भिक अस्पतालमा उपचारपछि घर फर्किएका थिए।