मारमा परेका पानी व्यवसायी पुनः उठ्ने

३१ जेष्ठ २०७८, सोमबार ११:०४

काठमाडौं । जार र ट्याकंटरबाट मनग्गे कमाइ गरिरहेकाहरू मेलम्चीको पानी उपत्यकामा खसेपछि चिन्तामा छन् । काकाकुल रहेका उपत्यका वासीले मेलम्चीको पानीले राहत पाए पनि पानीको व्यवसाय गरिरहेकाहरू भने चिन्तामा रहेका बताइउको छ ।

विगत लामो समयदेखि पानीले काकाकुल बनेका महानगरवासी जार र ट्यांकरको पानीले बाँचिरहेका थिए । मेलम्ची खसेको केही महिना लाग्नै लाग्दा पानी व्यवसायी भने मारमा परेका थिए । पुनश्च निर्माणको काम र टालटुले काम बाँकी रहेकाे भन्दै भोलिबाट मेलम्ची बन्द हुँदै छ ।

यसले पानीका व्यवसायीले केही  राहत पाउने देखिएको छ । यसअघि ट्याङ्र वा जारको पानी किनेर खानेहरुका लागि अहिले त्यो वाध्यता टरेको भए पनि अब पुनः जारकै पानीको भर पर्नुपर्ने अवस्था सिर्जना भएको हो । मेलम्चीको पानी वितरण भइरहँदा यता ट्याङकरबाट हुने पानीको विक्री वितरण भने ह्वात्तै घटेको भए पनि व्यवसायी भने अब खुशी छन् ।