
काठमाडौँ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले शनिवार हलचोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयको पनि निरीक्षण गर्नु भएको छ । त्यसअवसरमा सशस्त्र प्रहरी बलको स्थापना, संरचना, राष्ट्र र नागरिकप्रतिको सुरक्षा जिम्मेवारी, परिचालन, निर्वाचन सुरक्षा योजना तथा रणनीति, विद्यमान सुरक्षा चुनौती, कोभिड–१९ महामारीमा सशस्त्र प्रहरीको भूमिकाको विषयमा प्रस्तुतीकरण गरिएको थियो ।
गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा सुरक्षामा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै राष्ट्र र नागरिकको सेवामा समर्पित हुन निर्देशन दिनुभयो ।‘कोभिड–१९ महामारी व्यवस्थापनमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले उपलब्ध गराएको स्वास्थ्य उपचार सेवा तथा सुविधा अब्बल रहेको स्मरण गर्दै उहाँले भुकम्प जस्ता विपद व्यवस्थापन, खोज ताथ उद्धारमा साधनश्रोतको अभावकाबीच संगठनले गरेको कार्य नमूना योग्य रहेको बताउनुभयो ।
उहाँले समायानुकुल सुरक्षाकर्मीको राशन व्यवस्थापन, बृत्तिविकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने बताउनुभयो । सदियौदेखि सार्वभौम सम्पन्न नेपालको सीमा सुरक्षामा कटिबद्ध भई लाग्न निर्देशन दिनुभयो ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गृह मन्त्रालयद्धारा जारी १२ बँुदे निर्देशन र निरीक्षण भ्रमणको क्रममा भएको निर्देशनलाई अक्षरस पालना गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । भ्रष्टाचार तथा लैंगिक हिंसामा शून्य सहनशिलताको नीति कडाईका साथ पालना गर्दै संगठन अगाडी बढिरहेको जानकारी समेत उहाँले दिनुभयो ।
