६ हजार २ सय ९५ जना संक्रमणमुक्त, ६१ को मृत्यु

२९ जेष्ठ २०७८, शनिबार १७:०९

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३८४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । देशका बिभिन्न स्थानमा पछिल्लो २४ घण्टामा गरिएका आरटी–पीसीआर परीक्षणमा २३८२ र एन्टिजेन परीक्षणमा १००२ गरी ३३८४  जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ८५०६ पीसीआर र ५९८८ एन्टीजेन परीक्षण भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाए अनुसार पछिल्लो २४ घण्टामा   ६२९५ जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ ।