सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक, प्रधानमन्त्री ओली जाने नजाने अनिश्चित

२८ जेष्ठ २०७८, शुक्रबार १०:२०

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुको बैठक आव्हान गर्नुभएको छ ।सभामुखको सचिवालयका अनुसार शिर्ष दलहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई समेत बोलाइएको छ ।बैठक आज अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा तय गरिएको छ ।

जेठ ८ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसा विघटन गरी कार्तिक २६ र मसिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदम बारेमा परामर्श लिन यसअघि पूर्वसभामुखहरु कानुन व्यवासयी एवं राजनीतिक दलका नेताहरुसंग छुट्टाछुट्टै भेट  गर्नुभएको थियो ।प्रधानमन्त्री ओली बैठकमा जाने नजाने भन्नेबारे भने टुङ्गो् लागेको छैन ।