राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् विस्तार

२७ जेष्ठ २०७८, बिहीबार १५:१६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यसअघि १७ सदस्य रहेको मन्त्रिपरिषदमा ८ सदस्य थप्दै २५ जना पुर्याइएको छ ।

यसपटकको नियुक्तिमा पनि राष्ट्रपतिको कार्यालयले संविधानको धारा उल्लेख गरेको छैन । विस्तारित मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँले राख्नुभएको छ भने अन्य मन्त्रालयको जिम्मेवारी एमालेका नेताहरूलाई दिनुभएको छ ।

राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञिप्तिअनुसार गृहको जिम्मेवारी खगराज अधिकारी, नैनकला थापा (बादल पत्नी)सञ्चार, नारदमुनि राना वन, ज्वालाकुमारी शाह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्री र रेणुका गुरुङ महिला राज्यमन्त्री हुनुभएको छ ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको शपथग्रहण बिहीबार दिउँसो ४ बजे राष्ट्रपतिको कार्यालय शीलतनिवासमा हुने प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् विस्तार