भवन भत्केर बसमाथि खस्दा दक्षिण कोरियामा कम्तिमा नौ जनाको मृत्यु

२७ जेष्ठ २०७८, बिहीबार १४:५२

काठमाडौं  । पाँच तले भवन भत्केर बसमाथि खस्दा दक्षिण कोरियामा कम्तिमा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।
दक्षिण कोरियाको दक्षिणी शहर ग्वाङ्जुमा १७ जना यात्रु बोकेको बस रोकिराखेको अवस्था भवन भत्केर बसमाथि खसेको राष्ट्रिय अग्नि सेवाक अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । भग्नावशेषमा फसेको हुनसक्ने आशंकामा खोजी कार्य जारी रहेको छ ।
भवन भत्किनु अघि वरिपरिका सबै कामदारलाई खाली गराइसकिएको भएपनि भवन बसमाथि खस्न पुगेको थियो ।