नेपाल विद्युत प्राधिकरणले कालीकोटसम्म राष्ट्रिय प्रशारण लाईन परीक्षण शुरु

२५ जेष्ठ २०७८, मंगलवार १६:३०

कालीकोट  । नेपाल बिद्युत प्राधिकरणले कालीकोटसम्म राष्ट्रिय प्रशारण लाईन परीक्षणशुरु गरेको छ । लाईन परीक्षण गरेसँगै गएरातीबाट दैलेखको दुल्लु सवस्टेशनवाट कालीकोट सदरमुकाम मान्मसम्म ११ केभि लाईन दिएपछि सदरमुकाम मान्म बजार झिलिमिलि भएको छ । कालीकोट वितरण केन्द्रका प्रमुख मेखराज जोशीले ३३ केभिको परीक्षण भईरहेकाले हाल सदरमुकाम मान्मलाई दैलेखेको सवस्टेशनवाट ११ केभि बिद्युतलाईनमा विद्युत प्रवाह गरिरहेको वताउनुभयो ।
प्रमुख जोशीले मान्ममा अहिले सानो काम चलाउ सवस्टेशन बनाउने काम भईरहेको र पूरा हुने बितिकै ३३ केभि लाईन सञ्चालनमा आउने वताउनुभयो । आजबाट जिल्लाका सबै स्थान जहाँ बिद्युत लाईन बिस्तार गरिएको छ, त्यहाँसम्म राष्ट्यि प्रशारण लाईनकै वत्ती छोडिने छ । ११ केभि मात्र लाईन सुचारु भएकाले भोल्टेजमा केही समस्या आउला वत्ती त बाल्न सक्छन । तर अन्य हिटर, कुलर, लगाएतका बिद्युत खपत वढी हुने साधन नचल्न सक्छन् प्रमुख जोशीले वताउनुभयो ।
हामी मान्मको कामचलाउ सवस्टेशन निमार्ण गरेर सक्ने बितिकै सबै ३३ केभि लाईन प्रशारणमा ल्याउने छौ । अहिले दुई सय ५० किलोमिटर जती घुमाउरो बाटोबाट आएको लाईनमा पावर कम पक्कै पनि हुने छ ।सबै तयारी पुरा गरेपछि नागरिकले चाहे जतीको वत्ती दिन सक्ने कालीकोट बितरण केन्द्रको भनाई छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही उर्जा मन्त्री हँुदा कालीकोट जुम्लामा राष्ट्यि प्रशारणलाईन जडानका लागि थप प्रक्रिया सुरु भएको थियो ।
तत्कालीन उर्जामन्त्री जर्नादन शर्माले रुकुम सहित कालीकोट जुम्लामा बिद्युत राष्ट्यि प्रशारणलाईन पुगाउन नीतिगत निर्णय गरेका कारण महेन्द्रवहादुर शाहीलाई पछि सहज भएको थियो । गत वर्ष प्रशारण सुरु हुने ठेक्का सम्झौता भए पनि कोरोना लगाएको कारणले ढिलो भएको बिद्युत प्राधिकरणको भनाई छ । अव धेरै समय लाग्दैन । एक हप्तामा सबै काम पूरा गरेर वत्ती निरन्तर सुचारु हुने छ । कालीकोटको पोत्मारा साना जलबिद्युत आयोजना पनि असारसम्म मर्मत भएर सकिने भएकाले सबै पावर राष्ट्यि प्रशारणलाईनमा जोड्ने योजना नेपाल बिद्युत प्राधिकरणको छ ।
कालीकोटमा वत्ती आएसंगै नागरिकहरु उत्साहित भएका छन । मान्ममा सत्यदेवि अफसेट प्रेस सञ्चालन गरिरहनु भएको हिरामणी चौलागाईले अव दुःखका दिन गएको वताउनुभयो । राती नौ बजे सम्म जेनेरेटरको वत्ती बाल्ने सोच बनाएको थिए केही बेर पछि फेरि वत्ती आयो । अनि बिद्युत कार्यलयमा फाने गरे । यो राष्ट्यि प्रशारण लाईनको वत्ती हो भनेर खवर पाएपछि रातभरी उज्यालोमा वसे र खुसिले रात काटे उहाँले भननुभयो । मान्मका धेरै नागरिकलाई २४ गते राती नौ वजे एक्कासि आएको विजुलीले खुसी वनायो । बिद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रले २८ गते देखि दैलेखको दुल्लु सबस्टेसनवाट कालीकोट तिरको ३३ केभि प्रशारणलाईन परिक्षण गर्ने सुचना गरेको थियो । नागरिक त्यही मितिको पर्खाईमा थिए । तर एक्कासि राती बत्ती आएपछि निकै खुुसी भएका छन ।