
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको राजनीति परिस्थितिबाट भोली उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे नेपाली सेना सचेत रहेको बताएका छन् । आइतबार जंगी अड्डामा आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा सञ्चारमाध्यमसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधान सेनापति थापाले संविधानले नै सेनालाई राष्ट्र रक्षाको जिम्मेवारी दिएकोले अहिलेको राजनीतिक अवस्थाबारे नेपाली सेना जानकार रहेको उल्लेख गरे ।
राजनीति परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्नका लागि सेना सहित अन्य सुरक्षा निकायले पनि ध्यान दिनुपर्ने उल्लेख गरे । उनले सेना राजनीतिक विषयभन्दा बाहिर रहेको बताउदै कुनैपनि समस्याको हल विधि पद्दति अनुसार खोज्नुपर्ने बताए । उनले राजनीतिक सुझबुझका आधारमा समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
