नेपाली क्रिकेटर सन्दीपको स्थानमा न्युजिल्यान्डका लेग स्पिनरले पाए मौका

२३ जेष्ठ २०७८, आईतवार १३:४२

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले इंग्ल्यान्डको भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता नखेल्ने भएपछि वोर्सेस्टरशायर र्यापिड्सले न्युजिल्यान्डका खेलाडीलाई टिममा बोलाएको छ।
लेग स्पिनर सन्दीपको स्थानमा र्यापिड्सले सोधीलाई अनुबन्ध गरेको हो। सन्दीपको भिसा ढिला आएपछि र्यापिड्सले उनीसँगको कन्ट्रयाक्ट रद्ध गरेको थियो। भाइटालिटी ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म हुने तालिका रहेको छ।