भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख १४ हजार सङ्क्रमित थपिए

२३ जेष्ठ २०७८, आईतवार १२:२९

काठमाडौं  । भारतमा कोरोनाभाइरसका एक लाख १४ हजार सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० लाख ३६ हजार ३११ नमूना परीक्षण गरिएकोमा एक लाख १४ हजार ४६० मा सङ्क्रमणको पुष्टि भएको छ । चौबीस घण्टामा दत्र्ता गरिएको सङ्क्रमित पछिल्लो दुई महिना यताकै सबैभन्दा कम हो । यसअघि अप्रिल ५ मा ९६ हजार ९८२ जना सङ्क्रमित थपिएका थिए ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ८८ लाख नौ हजार ३३९ पुगेको छ । भारतमा हाल १४ लाख ७७ हजार ७९९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । निको हुने दर ९३.६७ प्रतिशत पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा एक लाख ८९ हजार २३२ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ६९ लाख ८४ हजार ७८१ जना कोरोनामुक्त भएका हुन ।
भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ६७७ कोरोना सङ्क्रमितको मृत्यु दत्र्ता गरिएको छ । भारतमा हालसम्म २३ करोड १३ लाख २२ हजार ४१७ जनाले कोभिड बिरुद्धको खोप लगाएका छन् ।