भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख २० हजार सङ्क्रमित थपिए

२२ जेष्ठ २०७८, शनिबार १३:५१

काठमाडौं। भारतमा कोरोनाभाइरसका एक लाख २० हजार ५२९ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमित शुक्रबारको अपेक्षा ११ हजार ८३५ ले कम हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म दुई करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन् । भारतमा सक्रिय सङ्क्रमित हाल १५ लाख ५५ हजार २४८ छन् ।
पछिल्लो चौबीस घण्टामा एक लाख ९७ हजार ८९४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ६७ लाख ९५ हजार ५४९ जना सङ्क्रमित निको भएका छन् । भारतमा हालसम्म ३६ करोड ११ लाख ७४ हजार १४२ नमूना परीक्षण गरिएको छ । शुक्रबार २० लाख ८४ हजार ४२१ नमूना परीक्षण गरिएको छ ।
भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन लाख ४४ हजार ८२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ३८० सङ्क्रमितको ज्यान गएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २२ करोड ७८ लाख ६० हजार ३१७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।