अमेरिकी पूर्ब राष्ट्रपति ट्रम्पको फेसबुक खाता दुई वर्षका लागि निलम्बित

२२ जेष्ठ २०७८, शनिबार १३:४०

काठमाडौं  । फेसबुकले अमेरिकाका पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक खाता दुई वर्षका लागि निलम्बन गरेको छ । रोयटर्सका अनुसार फेसबुकले एक ब्लग पोष्टमा अमेरिकी पूर्ब राष्ट्रपति ट्रम्पको खाता आगामी दुई वर्षका लागि निलम्बन गरिएको जनाएको छ ।
गत् जनवरी छ मा ट्रम्पले फेसबुकमा साझा गरेको विचार तथा भनाईले अमेरिकाको राजधानी वाशिंगटन डिसीमा हिंसात्मक झड्पलाई बढाबा दिएको फेसबुकको स्वतन्त्र छानबीन बोर्डले जनाएको छ । तात्कालै ट्रम्पको फेसबुक खाता निलम्बन गरेको थियो । अनिश्चितकालका लागि ट्रम्पको फेसबुक खाता बन्द गर्ने निर्णय गलत हुने बोर्डले जनाएपछि दुई वर्षका लागि निलम्बन गरिएको छ ।
उक्त निलम्बन जनवरीदेखि नै लागू हुनेछ । अब भने अमेरिकी पूर्ब राष्ट्रपति ट्रम्पले २०२३ को जनवरीमा पुनः आफ्नो खाता सञ्चालन गर्न पाउनुहुनेछ