अनलाइनबाट विद्युत् महसुल भुक्तानी

७ मंसिर २०७४, बिहीबार ०४:००

मंसिर ७, काठमाडौं । नेपाल विद्युत प्राधिकरण झापाको दमक वितरण केन्द्रले अनलाइन विद्युत महसुल भुक्तानी सेवा सुरु गरेको छ ।

दमक वितरण केन्द्रबाट सुरु भएको अनलाइन मसुल भुक्तानी सेवा एक सातामा सबै वितरण केन्द्रमा विस्तर हुने वितरण तथा ग्राहक सेवा निर्देशनालय कम्प्युटर नेटवर्क महाशाखाका उपप्रवन्धक सजुन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार दमकसँगै गौरादह, अनारमनी, भद्रपुर, बुधबारे, धुलाबरी, शनिश्चरे र मोरङको उर्लाबारीमा सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।

इन्टरनेटको पहुँच भएका जिललामा सेवा विस्तार गरेपछि बढिरहेको प्राधिकरणले जनाएको छ । अनलाइनबाट अहिले देनिक २६ लाख रुपैयाँ बराबरको महसुल संकलन भइरहेको श्रेष्ठले बताए । खमक वितरण केन्दैले अनलाईन महसुल भुक्तानी सेवा सुरु गरेपछि ७३ हजार ग्राहक लाभान्वित हुने भएका छन् । इनटरनेटको पहुँच भएका ग्राहकले घरमै बसी–बसी विद्युत महसुल तिर्न सक्ने छन् । अनलाईन सेवा सुरु भएपछि विराटनगर क्षेत्रीय कार्यालयअन्र्तगत सबैभन्दा धेरै ग्राहक संख्या रहेको दमकमा बिल तिर्ने ग्राहकको भीड कम हुने वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए । उनका अनुसार दमकसंगै गौरदह र उर्लाबारीका ग्राहकले पनि अनलाइनबाट महसुल तिर्न सक्ने उनले बताए । उर्लाबारी वितरण केन्द्रअन्र्तगत प्राधिकरणका ३२ हजार ग्राहक छन् । – कारोबार दैनिक