एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि अपरान्ह ४ बजे बस्ने

१९ जेष्ठ २०७८, बुधबार १७:०१
एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि अपरान्ह ४ बजे बस्ने

नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श र छलफल जारी रहेको तथा बैठकको अन्य एजेण्डाबारेमा आन्तरिक गृहकार्य पूरा हुन नसकेपछि भोलीका लागि बैठक सारिएको नेता विश्वकर्माले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोली सोही समयमा बैठक बस्ने जानकारी दिनुहुँदै नेता विश्वकर्माले भन्नुभयो, “आज तय गरिएको बैठकको गृहकार्य नपुगेपछि भोलीका लागि सारिएको छ, यस बीचमा थप गृहकार्य र छलफलहरु हुनेछन् ।”