उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बियो, पहिले भन्दा केहि खुकुलो

१९ जेष्ठ २०७८, बुधबार १५:४०

काठमाडौं। खाद्य पसल र पूर्वाधार निर्माण खुला गर्दै उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ । खाद्यान्न बिक्रीका लागि किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ९ बजेसम्म खोल्न दिइने भएको छ । उपत्यकाका तिन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले लकडाउन खुकुलो बनाउँदै जेठ मासन्तसम्मै लम्ब्याउने निर्णय गरेको हो ।

निर्माण सामग्री ओसार्नको लागि भने रातिको समय तोकिएको छ । हाल उपत्यकामा पूर्वाधार निर्माणमा समेत रोक लगाइएको थियो । अब भने मजदुरहरुलाई निर्माण क्षेत्रभित्रै राखेर निर्माणको काम सुचालु गर्न खुला गरिएको छ । सार्वजनिक सवारी भने अझै केही सयम नखुल्ने भएका छन् ।