
भारतीय राज्य पश्चिम बंगालमा शक्तिशाली यास चक्रवात देखा परेपछि त्यसले मानवबस्ती डुबानमा परेका छन्।बुधबार चक्रावात आएको केहीबेरमै बंगालका सयौं गाउँ डुबानमा परेको बीबीसीहिन्दीले जनाएको छ।धेरै नदीको बाँध फुटेकाले सयौं गाउँ जलमग्न भएको बताइएको छ। हाल चक्रवातले निम्त्याएको विध्वंश र पानीले २० हजार घरमा क्षति पुगेको जानकारी दिइएको छ।
पूर्व मेदिनीपुर जिल्ला र मन्दरमणि इलाकाको समुद्रमा ३० फिटसम्मको समुद्री छालले शहरका घरको तल्लो तलामा पुरै पानी भरिएको छ।दिघा शहरमा पाँच देखि ६ फिटसम्म पानी भरिएको बताइएको छ।

