नेपालसहित ११ जनालाई निष्कासन, थप १२ लाई स्पष्टीकरण

१० जेष्ठ २०७८, सोमबार १९:५१
काठमाडौ  । नेकपा एमाले स्थायी कमिटीको सोमबार दिउँसो बसेको बैठकले एमाले नेता माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । साथै थप १२ जनालाई स्पष्टीकरण साेध्ने निर्णय भएकाे नेता सुवासचन्द्र नेम्वाङले बताउनुभयाे ।
नेता नेपालसहित झलनाथ खनाल, भीम बहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी कुमारी खड्कालाई पार्टी विरुद्ध गतिविधि गरेकोमा निष्कासन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । पार्टी अनुशासन विपरीत गतिविधि गर्ने सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय स्थायी कमिटी बैठकले गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सोमबार साँझ बसेको स्थायी कमिटी बैठकले पाण्डेसहित घनश्याम भुसाल,भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडासहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ।