पछिल्लो २४ घण्टामा ७६६४ संक्रमणमुक्त, ७९१४ संक्रमित, १९३ जनाको मृत्यु

९ जेष्ठ २०७८, आईतवार १८:२७

काठमाडौं, । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो ।

पिसिआर विधिबाट ७ हजार ५९८ र एन्टीजेन विधिबाट ३१६ जना संक्रमित पुष्टि भएका हुन् ।पछिल्लो २४ घण्टामा नेपालमा १९३ जना संक्रमितको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।