विपक्षी गठबन्धनका ५ दल सर्वोच्च जाने तयारीमा

९ जेष्ठ २०७८, आईतवार ०९:३३

काठमाडाैं । विपक्षी गठबन्धनका ५ दल सर्वोच्च जाने तयारीमा छन । प्रतिनिधि सभा विघटनविरूद्ध रिट लिएर विपक्षाी दलहरु छलफलमा जुटेका छन् । कांग्रेस प्रमुख सचेतक वालकृष्ण खाडका अनुसार अहिले रिटका लागि तयारी भइरहेको छ ।

आज बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा विपक्षी गठबन्धनका सांसदहरूको भेला हुँदै छ । खाडकाले प्रधानमन्त्री ओलीले गलत नियतका साथ प्रतिनिधि सभा विघटन गरेका कारण कानुनी लडाईँका लागि आफूहरू बैठक बस्न लागेको बताउनुभयो ।

रिट लेखन र हस्ताक्षर सङ्कलन कार्य सकिएमा आजै नभए भोलिसम्ममा सर्वोच्च जाने तयारी विपक्षी दलहरूको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू सर्वोच्च जाने तयारी छ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई , उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तयारीमा जुटेका हुन्।