
काठमाडौं । मध्यरातमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधि सभा विघटन गरेर आगामी मंसिरमा मध्यावधि चुनावको घोषणा गरेको छ ।
संविधानअनुसार उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्ति हुन नसकेको अवस्थामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने हुन्छ । बालुवाटारमा बसेको क्याबिनेट बैठकले विघटनको निर्णय गरेको हो ।
कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको एक मन्त्रीले बताए ।
